काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बीआरआई अन्तरगतको चिनियाँ सहयोग परिचालनका सन्दर्भमा दुई दल एमाले र नेपाली कांग्रेसबिच साझा फ्रेमवर्क तयार भएसँगै परियोजना कार्यान्वयनमा सहजता हुने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा यस सहमतिले सार्थकता पाएसँगै नेपालको विकासमा चिनियाँ सहयोग परिचालनमा तीव्रता आउने पनि महासचिव पोखरेलको भनाई छ । ‘बीआरआईका सन्दर्भमा प्रमुख दलहरूबिचको सहमतिले अन्तर्राष्ट्रिय मामिलामा साझा राष्ट्रिय दृष्टिकोण तयार गर्ने सुखद प्रक्रिया आरम्भ भएको मान्न सकिन्छ’, महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तयभएसँगै बीआरआईको कार्यान्वयनका सन्दर्भमा नेपालका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले साझा धारणा बनाउन तीन सदस्यीय कार्यदल बनाएका थिए । उक्त कार्यदलले तयार पारेको प्रस्तावमा बीआरआई अन्तर्गतका योजना नेपालले अनुदानमा स्वीकार गर्ने तर ऋण नलिने बताइएको छ । विगतमा बीआरआईका सन्दर्भमा नेपालले एमओयू हस्ताक्षर गरेपनि सो अन्तरगतका परियोजनाहरू अघि बढ्न सकेका थिएनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्ञानेन्द्रको ‘थ्रेट’ सामु राप्रपा निरिह बन्यो: शंकर पोखरेल
समाजवादी मोर्चाले गर्न लागेको जनप्रदर्शन सकारात्मक: शंकर पोखरेल
धार्मिक राज्य र हिन्दु राजाबारे शंकर पोखरेल– 'भारतमा जस्तै नेपालमा पनि संविधानले दिँदैन'
फ्यालिएको राजतन्त्रका नाममा समय खेर नफालौँ : महासचिव पोखरेल
अमेरिका र युक्रेनबीच भएको प्रत्यक्ष वार्ताले महत्वपूर्ण पाठ सिकाएको छ : पोखरेल
देशको विकास र समृद्धिका लागि नेतृत्वप्रतिको भरोसा आवश्यक : शंकर पोखरेल