काठमाडौँ । साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई गैरकानुनी थुनामा राखिएको दाबीसहितको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज पेसी तोकिएको छ। न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको हो ।
यसअघि मनोजकुमार शर्माको एकल इजलासले बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको थियो । प्रसाईलाई थुनामुक्त गर्न माग गर्दै गत शुक्रवार उनका छोरा नीराजन प्रसाईंले सर्वोच्चमा निवेदन दिएका थिए । उक्त निवेदनमा अदालत उपस्थित गराउन आदेश गरेपछि मङ्गलवार उनलाई सर्वोच्च उपस्थित गराइएको थियो।
साइबर अपराधसम्बन्धी कसुरमा उनलाई प्रहरीले गत मङ्गलवार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ मंसिर २०८१, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंको खोजीका लागि विशेष ब्यूरोले लियो कमाण्ड, नेपालभित्रै रहेको अनुमान
दुर्गा प्रसाईंले भने- म भागेको छैन, ज्यान जोगाउन मन्दिरमा बसेको छु
दुर्गा प्रसाईंको आरटीएफ कमाण्डर राजभण्डारी पक्राउ
तीनकुनेबाट भागेर विवादास्पद धर्मगुरुको घरमा पुगेका थिए दुर्गा प्रसाईँ
दुर्गा प्रसाईं किन भए फरार ?
निजी सम्पत्तिमा आक्रमण नगर्न दुर्गा प्रसाईंको आग्रह