छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जना मत्यु,  आठ जना घाइते

सफल खबर संवाददाता

सोमबार, ०५ कार्तिक २०७५, १५ : ०४
छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जना मत्यु,  आठ जना घाइते

सप्तरी । सप्तरीको दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा  सोमबार दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परी आठ जना घाइते भएका छन् । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिका ७ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ४४७० नम्बरको बस आफै अनियन्त्रित भई रोडको उत्तरतर्फ खसेर दुर्घटना भएको हो । दुर्घटनामा बसका सहचालक काभ्रे घर भएका ४५ बर्षका दीपक राईको मृत्यु हुनुको साथै आठ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएकाहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

यस्तै अग्निसाईर कृष्णासवरण गाउँपालिका १ जण्डौलस्थित पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख १४५१ नम्बरको हायसले पैदल यात्री सोही ठाउँका ६० बर्षीय अन्दुलाल चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनलाई नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय सत्तरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस