काठमाडौं । कपिलवस्तुमा प्रहरीले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका-२ हल्लानगरबाट बुटवल उपमहानगरपालिका-५ गोलपार्कका ४१ वर्षीय विष्णुप्रसा भट्टराईलाई नियन्त्रणमा लिएको हो ।
करुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टरको बाहिरी बरण्डामा आइतबार साँझ शंकास्पद अवस्थामा उभिएका भट्टराईलाई खानतलासी गर्दा सेतो प्लाष्टिकको बोरामा पाटे बाघको छाला भेटिएको प्रहरीले जनाएको छ ।
उक्त छालाको लम्बाइ ६ फिट रहेको छ । छालासँगै चारवटा दाह्रा, चारै खुट्टाको पंजाका नङ्ग्रा र पनि रहेको प्रहरीले जनाएको छ । छालामा गोली लागे जस्तो देखिने तीन वटा सानो प्वाल रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले पक्राउ परेका भट्टराईलाई सोमबार डिभिजन वन कार्यालय चन्द्रौटा पठाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १० मंसिर २०८१, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी आरोपमा जनमत पार्टीका कोषाध्यक्ष पक्राउ
पाँच किलो ९४० ग्राम अफिमसहित एक जना पक्राउ
राप्रपा अध्यक्ष लिङ्देनलगायत सिंहदरबारबाट पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
३ सय ६५ किलोग्राम गाँजासहित चार जना पक्राउ
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ