काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसलाई कसैले दबाउन खोजे आफैँ समाप्त हुने बताएका छन् ।
बिहीबार रौतहटको ईशनाथ नगरपालिका-७ मा आयोजित पार्टीको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधनका क्रममा उनले काँग्रेसकै कारण देशमा राणा शासन र राजतन्त्रको अन्त्य भएको दाबी गर्दै आफ्नो पार्टीलाई बलियो बनाउनुपर्ने बताए । ‘काँग्रेस ठूलो इतिहास बोकेको पार्टी हो, ‘उनले भने, ‘काँग्रेसलाई कसैले दबाउन खोजे आफैँ समाप्त हुन्छ । राणा र राजतन्त्रविरुद्ध लडेको पार्टी हो ।’
काँग्रेसले राणा र राजा फालेर देशमा इतिहास रचेको भन्दै उनले मंसिर १६ गते हुने उपनिर्वाचनमा काँग्रेसका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन मतदातालाई आग्रह गरे । उनले काँग्रेससँग मधेसको विशेष सम्बन्ध रहेको समेत उल्लेख गरे । मधेसको विकास र समृद्धिका लागि काँग्रेसलाई जिताएर अझै मजबुत एवं शक्तिशाली बनाउनुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ मंसिर २०८१, २० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउन ढिलाइ गरे : विश्वप्रकाश शर्मा
मैले र गगनले कुलमान हटाउन हुँदैन भनेका थियौं: विश्वप्रकाश शर्मा
संविधान संशोधन ०८७ मा हुन्छ भन्ने ओलीको भनाइमा विश्वप्रकाशले जनाए आपत्ति
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन गराैँ : महामन्त्री शर्मा
राजनीतिभन्दा पर बसेर नायक बन्न विद्या भण्डारीलाई विश्वप्रकाशको सुझाव
उपचुनावमा काँग्रेस पहिलो पार्टीको रूपमा प्रकट हुने विश्वप्रकाशको दाबी