शिक्षकलाई जस्तै निजामती कर्मचारीलाई पनि सडकमै पुग्ने वातावरण नबनाऔँ: विश्वप्रकाश शर्मा

सफल खबर संवाददाता

शुक्रबार, ०५ बैशाख २०८२, १४ : २७
शिक्षकलाई जस्तै निजामती कर्मचारीलाई पनि सडकमै पुग्ने वातावरण नबनाऔँ: विश्वप्रकाश शर्मा

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामती कर्मचारीलाई सडकमै जाने वातावरण बनाउन नहुने बताएका छन् । शुक्रबार राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

'यहाँ आउँदै गर्दा एक छिन जाममा परियो । सडकमा शिक्षकहरू छन्,’ समिति बैठकमा शर्माले भने, ‘निजामती कर्मचारीलाई सडकमै जाने वातावरण बनाउन हुन्न ।’ समितिमा निजामती विधेयकमाथि छलफल जारी छ ।समितिको बैठक चलिरहँदा विभिन्न आफ्ना माग राखेर कर्मचारी ट्रेड युनियनका नेताहरूले समिति सभापति र सदस्यहरूलाई ध्यानाकर्षण गरेका थिए ।

कर्मचारीले आफूहरूलाई गुमराहमा राखेर ऐन बनाए सडक आन्दोलनमा जाने चेतावनी दिइरहेको उल्लेख गर्दै उनले भने, ‘उहाँहरूसँग पनि एक पटक छलफल गरौँ, ताकि ऐन बन्दा अपनत्व सबैले लिन सकियोस् ।’

 

प्रतिक्रिया दिनुहोस