काठमाडौँ । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालतमा पेस गरिएको छ । उनलाई प्रहरीले बुधबार सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौं पुर्याइएको हो ।
साइबर अपराधसम्बन्धी कसूरमा उनलाई प्रहरीले मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट 'फेक डकुमेन्ट' सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ मंसिर २०८१, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंमाथि व्यक्ति हत्यासहित ५ कसुरमा बयान सुरु
ज्यान मार्ने उद्योगमा दुर्गा प्रसाईँविरुद्ध अनुसन्धान सुरु
दुर्गा प्रसाईंविरुद्ध कसुर दर्ता किताबमा ३ मुद्दा दर्ता
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो
म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो: दुर्गा प्रसाईं