काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ ।
आज बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वीरमा स्वास्थ्य जाँचपश्चात थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।
उनका अनुसार उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ । प्रसाईंले कीर्ति कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका थिए ।
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ मंसिर २०८१, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंमाथि व्यक्ति हत्यासहित ५ कसुरमा बयान सुरु
ज्यान मार्ने उद्योगमा दुर्गा प्रसाईँविरुद्ध अनुसन्धान सुरु
दुर्गा प्रसाईंविरुद्ध कसुर दर्ता किताबमा ३ मुद्दा दर्ता
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो
म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो: दुर्गा प्रसाईं