काठमाडौं । भक्तपुरस्थित घरबाट पक्राउ परेको मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार उनविरुद्ध सीआईबी मातहतकै साइबर क्राइम ब्युरोले सो मुद्दा चलाउने भएको हो ।
‘पक्राउ गरेर पहिला सीआईबीमा ल्याइँदैछ,’, उनले भने, ‘यहीँको हिरासतमा राखेर कारबाही अगाडि बढ्छ ।’ उनलाई सीआईबीमा ल्याइएलगत्तै जिल्ला अदालतमा म्याद थपका लागि पठाइने उनले बताए ।
‘उहाँले सम्माननीय प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिका विरुद्ध सामाजिक सञ्जालका माध्यमबाट भ्रम छर्नुभएको छ’, बोगटीले भने, ‘त्यस कसुरमा आकर्षित हुने दफाबमोजिम मुद्दा अगाडि बढ्छ ।’
भिडियो प्रकरणमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको बोगटीले बताए । ‘यस्तो वारदातमा जो–जो संलग्न छन्, हामी सबैलाई ल्याएर कानुनी कारबाही गर्नेछौं’, उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ मंसिर २०८१, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म हारेको छैन, यो मैले जितेको हो : दुर्गा प्रसाईँ
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट : सर्वोच्चमा सकियो सुनुवाइ
दुर्गा प्रसाईंलाई सर्वोच्च उपस्थित गराइयो
दुर्गा प्रसाईंको मुद्दा न्यायाधीश पोखरेलको इजलासमा पेसी
दुर्गा प्रसाईँविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
सकियो दुर्गा प्रसाईँको प्रारम्भिक बयान