राजविराज । उपनिर्वाचनका लागि सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यही मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि डाक्नेश्वरीका वडा नम्बर १ र ४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।
एक कार्यक्रमका बीच मुख्य निर्वाचन अधिकृत दीपक दाहालले मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरे। नगरपालिका कार्यालयको भवनमा कार्यालय स्थापना गरिएको हो । सो क्रममा उहाँले उपनिर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन सबैसँग अनुरोध गरे ।
साथै निष्पक्ष तरिकाले निर्वाचन सम्पन्न गराउन आचारसंहिताको पालना सबैले गर्नुपर्ने उनले उल्लेख गरे । सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेल, राष्ट्रिय अनुसन्धान प्रमुख सुरेन्द्र कोइरालालगायतले जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधिहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रको निरीक्षण तथा अनुगमन गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ मंसिर २०८१, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचनले स्थगित भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु
उपनिर्वाचन २०८१ ले दिएको सन्देश
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
उपनिर्वाचनमा सहभागी सबैलाई गृहमन्त्रीले दिए धन्यवाद
कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?
स्थानीय तह उपनिर्वाचनमा मतदान सुरु