काठमाडौ । शिक्षक, विद्यार्थी र कर्मचारी आन्दोलनका कारण थिलोथिलो बनेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) पछिल्लो समय आफैँलाई आवश्यक उपप्राध्यापक तथा कर्मचारी छनोटका लागि परीक्षा सञ्चालन गर्नसमेत असमर्थ बनेको छ ।
आंशिक प्राध्यापकको आन्दोलनको डरकै कारण खुला प्रतिस्पर्धाबाट छनोट गर्न लागेको उपप्राध्यापक पदको परीक्षा सञ्चालनको जिम्मेवारी त्रिविले लोक सेवा आयोगलाई दिएको छ ।
आफ्नै सेवा आयोग भए पनि आफूले परीक्षा सञ्चालन गर्दा असुरक्षित तथा अमर्यादित हुन सक्ने देखेपछि त्रिविले यी पदको परीक्षा सञ्चालनको जिम्मेवारी आयोगलाई दिएको हो ।
यसअघि त्रिविले आवश्यक पर्ने सम्पूर्ण जनशक्ति भर्नाको काम त्रिवि सेवा आयोगमार्फत गर्दै आएको थियो । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३० कार्तिक २०८१, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को परीक्षा सर्यो
सरकारले १२ कक्षाको परीक्षामा निजामती कर्मचारी खटाउने
कक्षा १२ को परीक्षाबारे निर्णय लिन परीक्षा बोर्डको बैठक बस्दै
आन्दोलन नरोकिए कक्षा १२ को परीक्षा स्थगित हुने सम्भावना
कक्षा १२ को परीक्षा ११ गतेदेखि, शिक्षकको आन्दोलन नरोकिए प्रभावित हुने
कक्षा १२ को परीक्षा,का कुनै पनि काममा सहभागी नहुन शिक्षकहरूलाई महासंघको अपिल