कक्षा १२ को परीक्षा,का कुनै पनि काममा सहभागी नहुन शिक्षकहरूलाई महासंघको अपिल

सफल खबर संवाददाता

मंगलबार, ०२ बैशाख २०८२, ०८ : ३३
कक्षा १२ को परीक्षा,का कुनै पनि काममा सहभागी नहुन शिक्षकहरूलाई महासंघको अपिल

काठमाडौ । नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि शुरू हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ । 

महासंघले विज्ञप्ति जारी गर्दै उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा सलग्न नहुन शिक्षक तथा कर्मचारीमा अपिल गरेको हो । 

शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनलाई सहयोग गर्न महासंघले विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, गाउँ/नगरपालिकालाई पनि आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस