काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेविरुद्धको कानुनी लडाइँमा अडिग भएर लड्ने जनाएको छ । सभापति लामिछानेलाई उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी अर्यालले सोमबार भेटेपछि मंगलबार विज्ञप्ति निकालेर रास्वपाले सो जानकारी दिएको हो ।
उसभापतिद्वयसँगको भेटमा सभापति लामिछानेको अभिव्यक्ति उधृत गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘मेरो कानुनी लडाइँ म लड्न सक्षम छु, तर अब तपाईंहरु ढिला नगरी मलाई मात्र होइन, सिंगो मुलुकलाई नै न्याय हुने गरेर हाम्रा असिम सम्भावनाहरुको प्रस्फुटन गराउन ठोस एजेण्डा र तालिका लिएर अघि बढ्नुहोस् ।’
रास्वपाले राज्यका शक्ति पृथकीकरणमा अझै विश्वास रहेको पनि जनाएको छ । देश वा व्यक्ति लडेर नै माथि उठ्ने र झुठा कुराको आयु जति लामो भए पनि सत्य स्थापित हुने पनि रास्वपाले जनाएको छ ।
सभापति लामिछाने राजनीतिमा नआउँदै सहकारीमा समस्या रहेको भन्दै रास्वपाले ५० औं वर्ष राजनीति गरेर आएकाले र अहिले सत्तामा रहेका दलले सहकारीको समस्या समाधान गर्न प्रयास नगरेको आरोपसमेत लगाएको छ ।
वर्तमान सरकार रास्वपा पार्टीसँग मात्रै नभई सामाजिक सञ्जाल प्रयोगकर्ता नागरिकसँग पनि डराएको रास्वपाले दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछाने तारिखका लागि काठमाडौं अदालतमा उपस्थित
रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता
चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो
सरकारी वकिलको बहस सकियो, सहकारी पीडितको तर्फबाट बहस चल्दै
चितवनमा रवि लामिछानेको थुनछेक बहस, ६ सय प्रहरी फिल्डमा खटियो
रविलाई आज फेरि अदालतमा उपस्थित गराइने