काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेको छात्रावास (होस्टेल) को अभिलेखीकरण सुरु गरेको छ । महानगर शिक्षा विभागका अनुसार अभिलेखीकरणपश्चात् छात्रावास थप व्यवस्थित, मर्यादित सुरक्षित र पारदर्शी बनाइने छ ।
विभागका प्रमुख गोविन्दप्रसाद शर्माका अनुसार छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड २०८० जारी भएबमोजिम सोही मापदण्डको दफा ९३० मा व्यवस्था भएअनुसार छात्रावास सञ्चालनका लागि महानगरसँग स्वीकृत लिनुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार अनुगमन समितिबाट अनुगमनका क्रममा नियमअनुसार मापदण्ड पूरा भएको छ वा छैन अध्ययन समेत गर्ने प्रमुख शर्माको भनाइ छ । अभिलेखीकरण गर्न तत्कालीन जिल्ला शिक्षा कार्यलयबाट अनुमति लिई वा वडामा व्यवसाय दर्ता गरी सञ्चालन भएका छात्रावासहरुले विवरण पेस गर्नुपर्ने छ ।
प्रचलिन कानुनबमोजित अनुमति नलिई सञ्चालन भएको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने विभागले जनाएको छ ।
नियमअनुसार छात्रावास सञ्चालनका लागि प्रचलित कानुनअनुसार दर्ता भई नेपालीपन झल्कने गरी नाम राख्नुपर्नेछ । सञ्चालनको जिम्मेवारी लिएको व्यक्तिबारे उल्लेख हुनुपर्ने, भौतिक संरचना भाडामा हो की आफ्नो स्पष्ट उल्लेख गर्नुपर्ने, भान्साको व्यवस्था कस्तो छ उल्लेख हुनुपर्ने खेलकुद मैदानको व्यवस्थाबारे खुलाउनुपर्ने, खानेपानीको अवस्था, स्थान घर वा शौचालयबारे बताउनुपर्ने उल्लेख छ ।
शैक्षिक मेलालाई निरन्तरता
कामपाले बिदाको समय उपयोग गरेर शैक्षिक नतिजा सुधारका लागि सहयोगका लागि आवश्यक हुने कार्य सञ्चालन गर्ने जनाएको छ । भर्खरै सकिएको नेपालीहरुको महान् चाड दसैँ, तिहारको बिदाको समयमा पनि कामपाले विभिन्न शैक्षिक गतिविधि गरेको थियो ।
यस्तै कार्यलाई निरन्तता दिने कामपाको भनाइ छ । प्रयोगात्मक तथा रचनात्मक सिकाइ, खेल र मनोरञ्जनका माध्यमबाट विद्यार्थीलाई शैक्षिक अभिरुचिमा प्रोत्साहन गर्नु मेलाको उद्देश्य रहेको कामपा शिक्षा विभागको भनाइ छ ।
दसैँ तिहारको बिदामा पनि कामपाले ११ वटा स्रोत केन्द्र र एसइई परीक्षामा एक सय ५० भन्दा बढी विद्यार्थी सहभागी हुने भएका पाँच ठूला सामुदायिक विद्यालयमा मेला सञ्चालन गरेको थियो । ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ अन्तर्गत विद्यार्थीको नतिजा सुधार गर्न कामपाले यस्तो किसिमको कार्य गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ कार्तिक २०८१, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय सरकारले जनतालाई आफ्नोपनको आभाष गराउनुपर्छ : सुनिता डंगोल
विद्युत् लाइनमुनि रहेका संरचना हटाउन काठमाडौं महानगरको निर्देशन
स्वास्थ्य बीमा भएका वडामा नि:शुल्क भिडियो एक्सरे सेवा
घरको फोहोर सडकमा फालेको भन्दै महानगरले तिरायो जरिवाना
एमालेलाई जरिवानाको पत्र बुझाउन महानगरको टोली च्यासल जाँदै
अतिक्रमित संरचना भत्काउन डोजर लिएर गौशाला पुग्यो नगर प्रहरी