हेटौंडा । मकवानपुरमा आज (बुधबार) बिहान बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्।
काठमाडौँबाट महोत्तरीका लागि जाँदै गरेको प्रदेश २–०३–००१ ख ३६२९ नम्बरको बस बिहान ४ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका-७ समिडाँडामा पल्टिएको हो।
बस आफैँ अनियन्त्रित भई सडकबाट १० मिटर तल दाहिने साइडमा पल्टिई दुर्घटना भएको मकवानपुर प्रहरी प्रवक्त श्यामु अर्यालले जानकारी दिए।
उनका अनुसार घाइतेहरूलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ। घाइतेमध्ये १३ जनाको अवस्था मध्यम छ भने बाँकी २२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बस चालक महोतरी पिपरा गाउँपालिका-२ बस्ने अन्दाजी ३७ वर्षका जयकिशोर कापरलाई प्रहरीले निणन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ कार्तिक २०८१, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणघाट-मुग्लिन सडकमा बस र माइक्रो ठोक्किँदा मृत्यु भएका पाँच जनाको सनाखत
झ्याप्ले खोलामा पुरिएको बस गोरखाबाट आएको पुष्टि, ३ जनाको शव फेला
गोरखाबाट काठमाडौंका लागि छुटेको बस तीन दिनदेखि सम्पर्कविहीन
चितवनमा माइक्रो बस ट्यांकरसँग ठोकियो, १६ जना घाइते
सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार
जग्गा दान गरेको २३ वर्षपछि दाबगरामा पुग्यो बस