चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने ठाउँमा माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोक्किएका छन्।
गएराति मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख १७५२ नम्बरको माईक्रो र बिपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर आपसमा ठोक्किदा माइक्रोमा सवार १६ जना घाइते भएका हुन्।
ट्याङकर चालक मकवानपुर राक्सिराङ गाउँपाकिलाका(१ बस्ने २९ वर्षीय पेमा लामालाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा घाइते भएकाहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ असोज २०८१, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणघाट-मुग्लिन सडकमा बस र माइक्रो ठोक्किँदा मृत्यु भएका पाँच जनाको सनाखत
मकवानपुरमा बस पल्टियो, ३५ जना घाइते
झ्याप्ले खोलामा पुरिएको बस गोरखाबाट आएको पुष्टि, ३ जनाको शव फेला
गोरखाबाट काठमाडौंका लागि छुटेको बस तीन दिनदेखि सम्पर्कविहीन
सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार
जग्गा दान गरेको २३ वर्षपछि दाबगरामा पुग्यो बस