सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार

सफल खबर संवाददाता

विहीबार, १० असोज २०८१, १९ : ५८
सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार

सुनसरी । कोसी ब्यारेजको ३४-३६ नम्बर ढोकाको बीचबाट सप्तकोसी नदीमा बस खसेको छ ।

विराटनगरबाट गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस ब्यारेजबाट सप्तकोसी नदीमा खसेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

बसमा सबार सबै जनालाई सकुशल उद्धार गरिएको र केही घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको उनले बताए । सशस्त्र प्रहरी बल सुरक्षा बेस भारदह र प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा उद्धार गरिएको थियो । बसमा १७ यात्री सवार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस