गोरखाबाट काठमाडौंका लागि छुटेको बस तीन दिनदेखि सम्पर्कविहीन

सफल खबर संवाददाता

आइतबार, १३ असोज २०८१, ०९ : ०७
गोरखाबाट काठमाडौंका लागि छुटेको बस तीन दिनदेखि सम्पर्कविहीन

काठमाडौ । गोरखाबाट काठमाडौंका लागि छुटेको एउटा बस तीन दिनदेखि सम्पर्कविहीन भएको छ ।

शुक्रवार धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको गोरखा प्रहरीले जनाएको छ ।

उक्त बस शुक्रवार राति १० बजे धादिङको नौबीसेसम्म आएपछि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ । उक्त बस लापुबेसीबाट बिहान ७ बजे छुटेको थियो । 
 

प्रतिक्रिया दिनुहोस