रौतहट । चाडपर्वको अवसरमा जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी गस्ती टोलीले कागजपत्र नभएको २५ वटा मोटरसाइकल बरामद गरिएको छ।
गत असोज १७ गते देखि बुधवार कार्तिक १३ गते सम्म प्रहरी गस्ती टोलीले जिल्लाको विभिन्न स्थानमा चेकजाँच गर्दा कागजपत्र नभएको २५ थान बेवारिसे मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।
बरामद मोटरसाइकलको कूल २२ लाख २५ हजार मूल्याङ्कन सहित बुधवार जिल्ला भन्सार कार्यालय रौतहटमा बुझाईएको डीएसपी राय द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ। रौतहटमा चोरीको मोटरसाइकल चढ्ने संख्या बढेको गुनासोको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटले चेकजाँचमा तीव्रता दिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ कार्तिक २०८१, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिराहामा एक सय ४६ मोटरसाइकल प्रहरीकाे नियन्त्रणमा
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
रक्षामन्त्री चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो
मोटरसाइकलको ठक्करबाट अछाममा एक जनाको मृत्यु
प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु