काठमाडौँ । नेपाल प्रहरीको के-नाइन कार्यालय महाराजगञ्जले कुकुर तिहारको अवसरमा विभिन्न कला प्रस्तुत गर्दै कुकुर तिहार मनाएको छ । विगत ५५ वर्षदेखि औपचारिक रूपमा कुकुरलाई तालिम दिएर अनुसन्धान कार्यमा खटाउँदै आएको प्रहरीले कुकुर तिहारको दिन विभिन्न कला प्रस्तुत गर्दै आएको छ । सोही अवसरमा के-नाइन कार्यालय महाजगञ्जमा बिहीबार प्रहरीका तालिम प्राप्त कुकुरहरूले विभिन्न कला प्रस्तुत गरे ।
के-नाइन कार्यालय प्रमुख तथा डिआइजी देउती गुरुङको उपस्थितिमा प्रहरीले कुकुर तिहार मनाएको हो । यो वर्षको सर्वोत्कृष्ट कुकुरको अवार्ड भने ‘टाइगर’ नामको के-नाइनले पाएको छ ।
के-नाइनले सिन्धुपाल्चोककी रत्नकुमारी थापा र नुवाकोटकी नेत्रकुमारी क्षेत्रीको हत्यामा सफल अनुसन्धान गरेको थियो । ‘टाइगर’ कुकुरकै सहयोगले यी दुई महिलाका हत्यारा पक्राउ पर्न सफल भएका थिए ।
‘टाइगर’लाई आज कुकुर तिहारको दिन डिआइजी देउती गुरुङले मेडल समेत प्रदान गरेकी थिइन् । ‘टाइगर’ पछिल्लो दुई वर्षदेखि अनुसन्धानमा खटिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ कार्तिक २०८१, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज नरक चतुर्दशी : कुकुर तिहार