काठमाडौँ । पाकिस्तानका ह्वाइट बल क्रिकेट प्रशिक्षक ग्यारी किर्स्टेनले राजीनामा दिएका छन् । ग्यारी २०२४ को अप्रिलमा दुई बर्षका लागि पाकिस्तान राष्ट्रिय क्रिकेट टिमको एकदिवसीय र टी-२० क्रिकेटको प्रशिक्षक नियुक्त भएका थिए ।
प्रशिक्षक किर्स्टेन र पाकिस्तानको क्रिकेट बोर्डबीच खेलाडी छनौटको विषयमा विवाद भएको यस अघि चर्चा चलेको थियो ।बोर्डले खेलाडी छनौटबाट प्रशिक्षकलाई टाढा राखेपछि ग्यारी असन्तुष्टि थिए ।
५६ बर्षिय दक्षिण अफ्रिकाका पुर्व खेलाडी ग्यारीले यस अघि दक्षिण अफ्रीका र भारतीय राष्ट्रिय टिममा प्रशिक्षकको भूमिका निभाईसकेका अनुभवी प्रशिक्षक हुन् । उनले भारतलाई २०११ को विश्वकप जिताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ कार्तिक २०८१, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेल बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण-स्तर’ को अपरेसन सुरु
पाकिस्तान : यात्रुवाहक बसका ७ जनाको गोली हानी हत्या
पाकिस्तानको बलुचिस्तानमा १८ सैनिक र २३ विद्रोही मारिए
पाकिस्तानमा १४औं साग आयोजनाका लागि बैठक आह्वान
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते
पाकिस्तानका सोहेब मक्सुद जनकपुर बोल्ट्सबाट एलपीएल खेल्ने