सेयर बजार घट्यो, कारोबार ५४ प्रतिशतले बढ्यो

सफल खबर संवाददाता

बुधबार, ०७ कार्तिक २०८१, १६ : ०२
सेयर बजार घट्यो, कारोबार ५४ प्रतिशतले बढ्यो

काठमाडौँ । साताको चौथो कारोबार दिन आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) घटेको छ । यो दिन परिसूचक २०.४१ अंकले घटेर २ हजार ६ सय ४५ दशमलव ३९ अंकमा झरेको हो । बुधबार बजारमा ६ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो साता आइतबार र सोमबार बजार परिसूचक उच्च घटेको थियो । मंगलबार केही बढेको बजारले बुधबार फेरि करेक्सनको बाटो लिएको हो । घट्दो बजारबिच कारोबार रकमले भने साथ दिएको छ । बजार बढे पनि बुधबार कारोबार रकम ४ अर्ब ७ करोड रुपैयाँमा सीमित भएको थियो । यसको तुलनामा बुधबारको कारोबार झण्डै ५४ प्रतिशत बढी हो ।

बुधबार बजारमा १५५ कम्पनीको मूल्य घट्दा ७६ कम्पनीको मूल्य बढेको छ । १३ कम्पनीको मूल्य भने स्थिर रहेको देखिन्छ । घट्दो बजारमा बुधबार फाइनान्स र ट्रेडिङ बाहेक सबै परिसूचकहरु नकारात्मक देखिएका छन् । फाइनान्स परिसूचक सबैभन्दा बढी २.३२ प्रतिशतले बढ्दा बैंकिङ परिसूचकले १.७० प्रतिशतले घटेको छ ।

बुधबार बैंक तथा वित्तीय संस्थाको पहिलो त्रैमासिक विवरण प्रकाशित भएको छ । यो विवरणलाई लगानीकर्ताले नपत्याउँदा बैंकिङ परिसूचकमा उच्च गिरावट आएको देखिन्छ ।

बुधबार बजारमा आईसीएफसी फाइनान्सको मूल्यमा सकारात्मक सर्किट लाग्दा समृद्धि फाइनान्सका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । महुली लघुवित्त बुधबार सर्वाधिक मूल्य गुमाउने कम्पनी बनेको छ । बजारमा बुधबार आईसीएफसी बैंकको सर्वाधिक ४३ करोड रुपैयाँको कारोबार भयो । कारोबार संख्याको आधारमा पनि सोही फाइनान्स अगाडि रहँदा शेयर संख्याको आधारमा भने कुमारी बैंक सबैभन्दा अघि रहेको देखिएको छ । 

प्रतिक्रिया दिनुहोस