विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन नउडाउन निर्देशन

सफल खबर संवाददाता

विहीबार, १० असोज २०८१, ०७ : ५६
विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन नउडाउन निर्देशन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य निषेध गरिएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न आग्रह गरेको हो । 

सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे बा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने ब्यहोरा समेत सूचनामा उल्लेख छ ।