मालदिभ्सविरुद्ध रेखाको ५ गोल र प्रीतिको ह्याट्रिकमा नेपाल ११-० ले विजयी

सफल खबर संवाददाता

सोमबार, ०५ कार्तिक २०८१, १९ : ५८
मालदिभ्सविरुद्ध रेखाको ५ गोल र प्रीतिको ह्याट्रिकमा नेपाल ११-० ले विजयी

काठमाडौँ। नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा मालदिभ्स विरुद्ध गोलको वर्षा गर्दै  ११-0 को फराकिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलको एक्लैले पाँच गोल गरिन् । यस्तै प्रीति राईले पनि ह्याट्रिक गरिन् । सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक-एक गोल गरिन् ।

यस साफ वुमन्स च्याम्पियनसिपमा पहिलो जतिपछि दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह बी मा शीर्ष स्थानमा उक्लेको छ ।

दुई खेलबाट समान ४ अंक भएपनि भुटान गोल अन्तरमा पछि छ । श्रीलंकाको ३ अंक छ । लगातार दुई खेल हारेपछि माल्दिभ्सको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।

पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा ५ गोल थपेको थियो ।

पहिलो हाफमा रेखा पौडेलले दुई तथा प्रीति राई र सविता राना मगरले एक(एक गोल गरेपछि नेपालले ४(० को अग्रता बनाएको थियो ।

खेलको सुरुवातदेखि नै नेपालले बलमाथि पकड राख्दै लगातार विपक्षीको पोष्टमा आक्रमण गरेको थियो ।

छैटौं मिनेटमा प्रीति राईको गोलबाट नेपालले अग्रता लिएको थियो । सविता रानाको कर्नर पासमा प्रीतिले बायाँ साइडबाट हानेको प्रहार गोल भएको थियो ।

सविताले २९ औं मिनेटमा बक्स बाहिरबाट सुन्दर गोल गर्दै अग्रता दोब्बर पारिन् ।

प्रतिक्रिया दिनुहोस