काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल हेर्न दर्शकहरु दशरथ रंगशाला पुगेका छन् । खेल सुरु हुनु दुई घण्टा अघिदेखि दर्शकहरु रंगशाला पुगेका थिए । साढे ६ बजे सुरु भएको खेलअघि नै दर्शकले प्याराफिट भरिइसकेको छ ।
बुधबारको खेलमा ११ हजार दर्शकले टिकट काटेका छन् । यसबाहेक अतिथि, पूर्व खेलाडी, खेल पदाधिकारीलगायत पनि जाने भएकाले रंगशालामा टिकट काटेभन्दा धेरै बढी दर्शकहरु छन् । धेरै दर्शक नेपाली टिमलाई समर्थन गर्न राष्ट्रिय झण्डासहित पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ कार्तिक २०८१, १८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साफ वुमन्स च्याम्पियनसिप : आज भारत र बंगलादेश भिड्दै
मालदिभ्सविरुद्ध रेखाको ५ गोल र प्रीतिको ह्याट्रिकमा नेपाल ११-० ले विजयी