काठमाडौं । दशैंपछिको यो साता सेयर बजार २.८८ प्रतिशत बढेको छ ।
दशैंअघि गत साता २६६८ अंकमा बन्द भएको बजार यो साता ७७ अंक बढ्दै २७४५ अंकमा पुगेको हो । दशैं विदाका कारण यो साता ३ दिन मात्रै कारोबार भयो । तीनै दिन बजार बढ्यो । मंगलबार ३१.४८, बुधबार ४३.२२ र बिहीबार २.४७ अंकले बढ्यो ।
बजार बढ्दा कारोबार रकम पनि बढ्दै गएको छ । मंगलबार ३ अर्ब ६ करोडको कारोबार भएकोमा बुधबार ५ अर्ब ६६ करोड र बिहीबार ७ अर्ब १९ करोडको भयो । साउन ३० गते ३००० अंकसम्म पुगेको बजार असोज १३ गते २४६४ अंकसम्म झर्यो । त्यसयता बजार पुनः उकालो गतिमा देखिएको छ ।
घट्दो ब्याजदर र पर्याप्त लगानीयोग्य रकमले बजारलाई साथ दिइरहेको छ । बजारको पूँजीकरण ४३ खर्ब ६५ अर्ब रुपैयाँ बराबर पुगेको छ । साउन ३० गते यो हालसम्मकै उच्च ४७ खर्ब ६५ अर्ब रुपैयाँसम्म पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ कार्तिक २०८१, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता १.९४ प्रतिशत बढ्यो सेयर बजार
२०८२ को पहिलो कारोबार दिन बढ्यो सेयर बजार
नेप्से परिसूचक आठ अङ्कले घट्यो
सेयर बजार २६७० अंकमा
बढ्यो सेयर बजार
३.४४ अंकले घट्यो सेयर बजार