यस्तो छ आज आजको विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शुक्रबार, ०२ कार्तिक २०८१, ०७ : ४६
यस्तो छ आज आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर र दिनारसहित धेरै जसो विदेशी मुद्राको मूल्य बढेको छ। तर युरो र पाउन्ड स्ट्रलिङसहित केही विदेशी मुद्रा भने सस्तिएका छन्। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७० पैसा थियो। 

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५० पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४६ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ७० पैसा थियो। 

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ३१ पैसा थियो। 

आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९३ र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६४ र बिक्रीदर ९० रुपैयाँ ०४ पैसा थियो।

प्रतिक्रिया दिनुहोस