मिनबहादुर गुरुङसँग जग्गा सहयोग लिँदा एमालेले अद‍ृश्य सम्झौता गरेको छैन : महासचिव पोखरेल

सफल खबर संवाददाता

विहीबार, ०१ कार्तिक २०८१, १३ : १४
मिनबहादुर गुरुङसँग जग्गा सहयोग लिँदा एमालेले अद‍ृश्य सम्झौता गरेको छैन : महासचिव पोखरेल

कोहलपुर ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दलले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताएका छन्। बाँकेको कोहलपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव पोखरेलले व्यवसायी मिनबहादुर गुरूङले जग्गादान गर्ने भनेपछि एमालेले सहर्ष स्वीकार गरेको बताएका हुन्। 

´उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो।` महासचिव पोखरेलले भने,´हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ।` 

उनले गुरूङसँग जग्गा सहयोग लिँदा कुनै अदृश्य सम्झौता नगरेको प्रष्ट पारे। एमालेलेलाई कमजोर बनाउन चाहने तत्वले जग्गा सहयोग लिएको विषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको पोखरेलको भनाई छ। उनले अन्य दलले पनि व्यवसायीसँग जग्गा र रकम सहयोग लिएर नै भवन निर्माण गरेको जानकारी गराए।

 

प्रतिक्रिया दिनुहोस