काठमाडौं उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

सफल खबर संवाददाता

मंगलबार, १५ असोज २०८१, १४ : २४
काठमाडौं उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

काठमाडौं। सिप्रदी ट्रेडिङ र सिप्रदियन सहायता संस्थाको संयुक्त प्रयासमा काठमाडौं उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष​ सञ्चालनमा ल्याइएको छ ।

काठमाडौं महानगर, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै १५ प्रमुख स्थानहरूमा यात्रु सहायता कक्षको व्यवस्था गरिएका कम्पनीले जनाएको छ ।

दशैं मनाउन उपत्यका छोड्ने यात्रुहरूको संख्या उल्लेख्य रूपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँ बसपार्क, गौशाला, चापागाउँ, हलचोक, चावहिल, जावलाखेल बाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

विगतका वर्षभन्दा यो वर्ष यात्रुको संख्या अधिक हुने अनुमानसँगै उनीहरूलाई टिकट बुकिङलगायतका समस्याबाट मुक्त गराउन सहायता कक्ष​ले सहयोग पुर्‍याउने कम्पनीको विश्वास छ ।

उपभोक्ता संघ तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो गुनासो टिकटको मूल्य महँगो तथा टिकट नै नपाउने रहने गरेको छ । आवतजावतको क्रममा यात्रीलाई सुरक्षासम्बन्धी सु-सूचित गर्न सहायता कक्षले मनिटरिङ गर्ने छ ।