साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको तयारी पूरा

सफल खबर संवाददाता

मंगलबार, २२ असोज २०८१, १६ : ०५
साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौं ।  नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भूटान र बङ्गलादेश सहभागी हुने एन्फाले जनाएको छ ।

प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा २७ खेलाडी रहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

उनले प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको बताए । प्रतियोगिताको अनुमानित बजेट  चार करोड ६० लाख आठ सय रुपैयाँ रहेको आयोजकको भनाइ छ । 
 

प्रतिक्रिया दिनुहोस