काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा सोमबार बिहान दक्षिणकाली मन्दिर पुगेर दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पुजारीबाट टीका प्रसाद ग्रहण गरेका छन् ।
काठमाडौँको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यो मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठ मध्ये एक मानिन्छ । सो अवसरमा दक्षिणकाली नगरपालिकामा प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर क्षेत्रको पुनर्निर्माणमा सहयोगका लागि आग्रह गरेका थिए । साथै काठमाडौँ मकवानपुरको सडक छिटो पुनर्निर्माण गरी सडक निर्बाध सञ्चालनको आवश्यकता औँल्याए ।
सो अवसरमा राष्ट्रपति पौडेलले बाढीपहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताए । राष्ट्रपति पौडेल मन्दिर पुग्दा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ असोज २०८१, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलद्वारा ५ वटा ऐन प्रमाणीकरण
जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति पौडेल
आम नागरिकका स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक : राष्ट्रपति पौडेल
सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा दीप प्रज्वलन गरि सोनाम ल्होसारको शुभारम्भ
राष्ट्रपति पौडेल अस्पताल भर्ना