मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानव जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवामा स्वास्यकर्मीहरु संवेदनशील हुन आवश्यक रहेकोमा जोड दिएका छन् ।
प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको तीन दिने प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको आज उद्घाटन गर्दै उनले स्वास्थ्यकर्मीहरुले जनशक्तिको कमी, सीमित साधन स्रोतका वावजुत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेकोमा प्रशंसा व्यक्त्त गरे ।
स्वास्थ्य मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री कार्कीले प्रदेशका स्वास्थ्य क्षेत्रमा आवश्यक साधन स्रोतको पूर्तिका लागि नीतिगत रुपमा बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले प्रदेश सरकारले जनशक्ति, बजेटको कमी, साधनस्रोतको अभाव, क्षेत्रअधिकारका कारण सोचअनुसार स्वास्थ्य क्षेत्रमा कार्य गर्न नसकेको गुनासो समेत व्यक्त्त गरे । मुख्यमन्त्री कार्कीले प्रदेशको स्वास्थ्य सेवा क्षेत्रमा प्रतिस्पर्धामा सङ्घभन्दा उत्कृष्ट बनाउन स्वास्थ्यकर्मीहरु लाग्नु पर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन डा महेन्द्र श्रेष्ठको अध्यक्षतामा एक कार्यदल गठन गरेको जानकारी दिँदै यसले दिएको सुझाव कार्यान्वयनले जनताले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास जनाए ।
स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुको सरुवा, बढुवा र वृत्ति विकासलाई कार्यविधि बनाउन मापदण्डअनुसार कानुनद्वारा निर्देशित गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेत, जनस्वास्थ्य प्रशासक योगराज घिमिरेले गोष्ठीबाट प्राप्त सुझावले आगामी दिन प्रदेशको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदानमा सहयोग पुग्ने विचार राखे ।
गोष्ठीमा प्रदेशका १४ जिल्लाका मन्त्रालयअन्तर्गतका अस्पताल, निजी अस्पताल, शिक्षण अस्पताल, आयुर्वेद कार्यालयको सहभागिता छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० असोज २०८१, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेशको लगानी सम्मेलन माघमा हुने
कोशीमा योजना आयोगका २ सदस्यहरूले दिए राजीनामा
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
कोशी नाम खारेजीको माग गर्दै जसपा नेपालको जुलुस
संघीय सरकारसमक्ष कोशी प्रदेशद्वारा १० बुँदे माग प्रस्तुत
कोशी प्रदेश सभा : तीन दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने