एनपीएल अक्सन

प्रतिश जिसी १५ लाखमा विराटनगरमा पुगे

सफल खबर संवाददाता

आइतबार, २० असोज २०८१, १५ : ५७
प्रतिश जिसी १५ लाखमा विराटनगरमा पुगे

काठमाडौं । तीव्र गतिका बलर प्रतिश जिसी नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा विराटनगरले अनुबन्ध गरेको छ । आइतबार भएको अक्सनमा उनी १५ लाख रुपैयाँमा विराटनगरमा आवद्ध भएका हुन् ।

बायाँ हाते बलर प्रतिश पछिल्लो दुई वर्षमा नेपाली टोलीमा थिए । क्याटेगोरी ए मा रहेका उनलाई अक्सनमा काठमाडौं, सुदूरपश्चिम र विराटनगर किंग्सबीच प्रतिस्पर्धा भएको थियो । लक्की ड्र मार्फत विराटनगरले पाएको हो ।

उनले बलिंगसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने हुँदा १५ लाख पाएका हुन् । टी-२० विश्वकपपछि भने उनी नेपालको राष्ट्रिय टोलीमा छैनन् ।

प्रतिक्रिया दिनुहोस