यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

मंगलबार, १५ असोज २०८१, ०७ : ०५
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३८ पैसा कायम भएको छ ।

सोमबार खरिद दर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसाले कारोबार भएको थियो । आज युरोपियन युरो एकको खरिददर एक सय ४९ रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ४२ पैसा कायम गरिएको छ । सोमबार युरो एकको खरिददर एक सय ४९ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ८५ पैसा रहेको थियो ।

युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ८० रुपैयाँ १७ पैसा तोकिएको छ । सोमबार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ५३ पैसाका दरले कारोबार भएको थियो । 

त्यस्तै, आज स्वीस फ्रयांक एकको खरिददर एक सय ५८ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ ३८ पैसा तोकेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय चार रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस