उपत्यकामा एक हप्तालाई पुग्ने इन्धन मौज्दात, अभाव नहुने

पत्रपत्रिकाबाट

सोमबार, १४ असोज २०८१, ०७ : ५६
उपत्यकामा एक हप्तालाई पुग्ने इन्धन मौज्दात, अभाव नहुने

काठमाडौ । बजारमा तत्काल पेट्रोलियम पदार्थको अभाव नहुने भएको नेपाल आयल निगमले जनाएको छ ।

अविरल वर्षाका कारण बाटो नियमित रूपमा सुचारु नभए पनि पर्याप्त मौज्दात रहेकाले अभाव नहुने नेपाल आयल निगमले जनाएको छ ।

निगमका प्रवक्ता पूर्णप्रसाद रिजालले उपत्यकामा एक हप्तालाई पुग्ने इन्धन मौज्दात रहेकाले अभाव नहुने बताए । 

निगमका अनुसार हाल पाँच हजार तीन सय किलोलिटर पेट्रोल, छ हजार तीन सय किलोलिटर डिजेल र चार हजार किलोलिटर हवाई इन्धन मौज्दात रहेको छ ।

एक हप्तालाई पर्याप्त पुग्ने मौज्दात रहेको निगमले जनाएको छ । यद्यपि वर्षाका कारण बाटो अवरुद्ध हुँदा उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्ति नियमित हुन सकेको छैन । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस