काठमाडौ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादशैँको टीकाको साइत सार्वजनिक गरेको छ ।
समितिका सदस्य सचिव लक्ष्मण पन्थीका अनुसार नेपालको काठमाडौंका लागि असोज २६ गते बिहान ११:३६ बजेको साइत शुभ रहेको छ ।
यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११:४२, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०१, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:३९ र वोवेन्स्वोरोक बजे शुभ रहेको छ ।
यस्तै, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९:४५, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०५, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९:५५, क्यालिफोर्निया, अमेरिकाका लागि ०९:३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ ।
यसैगरी टोरन्टो, क्यानडाका लागि १२ अक्टोबर बिहान १०:१५, भ्यानकुभर, क्यानडाका लागि १२ अक्टोबर बिहान १०:२७ बजेको साइत उत्तम रहेको सदस्य सचिव पन्थीले बताए । टोकियो, जापानका लागि १३ अक्टोबर बिहान ११:३५, सिड्नी, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:२१, मेलबर्न अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:२७, ब्रिसवेन, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:२९, क्याबेरा, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:१५, वेलिङ्टन, न्युजिल्याण्डका लागि १३ अक्टोबर ११:२५ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष डा. माधव भट्टराईले जानकारी दिए।
लिस्बन, पोर्चुगलका लागि १२ अक्टोबर बिहान १०:२४, लण्डन, बेलायतका लागि १२ अक्टोबर बिहान १०:२१, पेरिस, फ्रान्सका लागि १२ अक्टोबर बिहान १०:२३, ओस्लो, नर्वेका लागि १२ अक्टोबर बिहान १०:१९, क्वालालम्पुर, मलेसियाका लागि १२ अक्टोबर बिहान ११:५७, अबुधावी, युनाइटेड अरब इमिरेट्सका लागि १२ अक्टोबर बिहान ११:४५, दोहा, कतारका लागि १२ अक्टोबर बिहान ११:०५, बैंकक, थाइल्याण्डका लागि १२ अक्टोबर बिहान ११:२१, सियोल, दक्षिण कोरियाका लागि १३ अक्टोबर बिहान ०९:१५, तेल अभिभ इजरायलका लागि १२ अक्टोबर बिहान ०९:१६, सिङ्गापुरका लागि १२ अक्टोबर बिहान ११:४५, हङ्कङ्का लागि १३ अक्टोबर बिहान ११:४३, साउदी अरेबियाका लागि १२ अक्टोबर बिहान ११:२३, याङ्गुन, म्यानमारका लागि १२ अक्टोबर बिहान ११:२१, जेनेभा, स्वीट्जरल्याण्ड १२ अक्टोबर बिहान ११:५५ र माल्टामा १२ अक्टोबर बिहान १०:४५ बजे विजयादशमीको टीका लगाउन उत्तम रहेको समितिका सभापति भट्टराईले बताए।
वैदिक सनातन हिन्दू धर्मावलम्बी विश्वभर फैलिएका र ती देशमा नेपालीको सङ्ख्या पनि बढेर दशैंको साइत माग भएपछि समितिले निर्णय गरेको उनले सुनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असोज २०८१, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी वर्षको दशैं असोजमा
दशैमा राजधानी छोड्नेको संख्या आधाले घट्यो
दशैंमा कस्तो मासु खाने, कस्तो नखाने ?
दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा
दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने