अविरल वर्षाका कारण आन्तरिक उडान प्रभावित

सफल खबर संवाददाता

शनिबार, १२ असोज २०८१, ०७ : ४७
अविरल वर्षाका कारण आन्तरिक उडान प्रभावित

काठमाडौँ । अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले कम्पनीका भरतपुर र सुर्खेतको सबै उडान रद्द भएको बताए । उनले अहिलेसम्म भद्रपुर र पोखरा उडान नभएको बताए । उडान रद्द भएपछि यात्रु गन्तव्यमा जान पाएका छैनन् । भरतपुर विमानस्थलबाट दैनिक आठ उडान हुने गरेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले प्रतिकुल मौसमका कारण उडान प्रभावित भएको जनाएको छ । शुक्रबार पनि आन्तरिक र बाध्य उडान प्रभावित भएका थिए । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म वर्षा जारी रहनेछ । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस