काठमाडौं । नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमित व्यावसायिक चार्टर उडान सुरु हुने भएको छ ।
सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो ।
यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान-प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुऱ्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ।
छेन्दुबाट पोखरामा आउने सिचुवान एयरलाइन्समार्फत मंगलबार हुने व्यावसायिक चार्टर उडानमार्फत १२६ सदस्यीय नेपाली प्रतिनिधिमण्डल ‘पोखरा-छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’का लागि जाने छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ चैत्र २०८१, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द
तराईका तीन विमानस्थलको उडान अवरुद्ध
जजिरा र थाइ एशियाले भैरहवा विमानस्थलबाट उडान सुरु गर्दै
सिमरा, भरतपुर र भैरहवाको उडान अवरुद्ध
दुई वर्षमा पोखरामा दुई अन्तर्राष्ट्रिय उडान
रेसुंगा विमानस्थलमा एक महिनापछि पुनः उडान सुरु