नारायणगढ-मुग्लिन सडकमा आज रातभर गाडी चलाउन रोक

सफल खबर संवाददाता

शुक्रबार, ११ असोज २०८१, १५ : ५९
नारायणगढ-मुग्लिन सडकमा आज रातभर गाडी चलाउन रोक

चितवन । हिजोदेखि लगातार पानी परिरेकोले आज रातिको समयमा नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक लगाउने निर्णय गरिएकाे छ । जिल्ला सुरक्षा समितिले लगातारको पानीले रातीको समयमा पहिरोक‍ो जोखिम आंकलन गरि गाडी चल्न नदिने जनाएको हो ।

समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मा गाडी चलाउन रोक्ने जानकारी दिए । उनका अनुसार नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने जानकारी दिए ।

उनले अहिले नै सडकमा ठूला पहिरो नगएपनि जोखिम मुल्यांकन गरि लामो दूरीका बसहरु चल्न नदिने निर्णय गरिएको बताए । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि परिरहेको झरीको रेड एलर्ट जोन चितवन परेको छ । यहाँ प्रतिकार्यको लागि तयार रहन पनि सचेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस