नारायणगढ-मुग्लिन सडकमा पहिरो : एकतर्फी यातायात सञ्चालन

सफल खबर संवाददाता

बुधबार, १२ असार २०८१, १३ : ४३
नारायणगढ-मुग्लिन सडकमा पहिरो : एकतर्फी यातायात सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन सडकअन्तर्गत  पश्चिम जलबिरेमा बुधबार दिउँसो पहिरो खसेको छ । पहिरोका कारण सडक एकतर्फी सञ्चालन भएको डिभिजन सडक  कार्यालयले जनाएको छ 

दिउँसो एक बजेर ५ मिनेट जाँदा पहिरो खसेको थियो । पहिरो खुलाउन लोडर मेशिन परिचालन भएको छ । दिउँसो दुई बजेसम्ममा सडक दुईतर्फी नै खुल्ने सम्भावना रहेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।