नारायणगढ-मुग्लिन सडक खुल्यो

सफल खबर संवाददाता

बुधबार, १२ असार २०८१, १५ : ४०
नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन । आज बिहानैदेखि परिरहेको पानीको कारण पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । पहिरोका कारण दुबैतर्फ अवरुद्ध भएको सडक पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १२ बजेर ५० मिनेट जाँदा जलबीरेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो । भने, अहिले दिउँसो २ बजेर १० मिनेटमा सडक सञ्चालनमा ल्याइएको हो ।