महालक्ष्मी विकास बैँकले मनायो १७ औँ साधारणसभा

सफल खबर संवाददाता

शुक्रबार, २६ असोज २०७५, १६ : २०
महालक्ष्मी विकास बैँकले मनायो १७ औँ साधारणसभा

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले शुक्रबार आफ्नो १७ औँ वार्षिक साधारणसभा मनाएको छ । उक्त साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट ७% नगद लाभांश र ८% का दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।

साथै लेखापरीक्षकको नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी साधारणसभाले उल्लिखित प्रस्ताव पारित समेत गरेको छ । 
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ७७ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लिमिटेडको ग्राहक संख्या ४ लाख ९० हजार भन्दा बढी रहेको छ । बैंकले हालसम्म करिब रु. २६ अर्ब ३२ करोड निक्षेप संकलन गरी रु. २२ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस