पहिरोका कारण भीमफेदी–फाखेल सडक अवरुद्ध

सफल खबर संवाददाता

शुक्रबार, ११ असोज २०८१, ११ : ३५
पहिरोका कारण भीमफेदी–फाखेल सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षाका कारण पहिरो खसेर काठमाडौँबाट हेटौँडा जाने फाखेल सडक अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडान नम्बर–२ स्थित सुकौडामा पहिरो खसेको बागमती प्रदेश प्रहरी कार्यालयका एसपी दुर्गा रेग्मीले बताए ।

पहिरोका कारण भिमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ सडक खण्ड दुईतर्फी अवरुद्ध भएको हो । घटनास्थलमा प्रहरी चौकी खानीखेतबाट टोली खटिएको छ । स्थानीय निकायसँगको समन्वयमा बाटो खुलाउने प्रयास भइरहेको एसपी रेग्मीले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस