पाल्पा । पहिरोको कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । बिहान ४ बजेतिर खसेको पहिरो पन्छाएपछि राजमार्ग एकतर्फी रुपमा खुलको हो ।
पहिरो खसेका कारण र कल्भर्टमा टिप्पर फसेका कारण सडक अवरुद्ध भएको दोभान प्रहरीले जनाएको छ । एकतर्फी सडक खुलेपछि दुवैतर्फका यातायात सुचारु भएका छन् ।
पहिरोले बुटवलबाट आउँदै गरेको लुम्बिनी प्रदेश ज ०२७६ नं। को कार पुर्दा पुर्ण रुपमा क्षती पुगेको प्रहरीले जनाएको छ । कारका यात्रु र चालक भने सकुशल छन् । उनीहरुलाई सामान्य अवस्थाबाट उद्दार गरिएको थियो ।
गुडिरहेको कारलाई माथिल्लो भागबाट खसेको पहिरोले पुरेको थियो । यस राजमार्गमा पाल्पालगायत गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ्लगायतका यात्रुहरुले यात्रा गर्ने गर्दछन् । यस क्षेत्रमा वर्षा र हिउँद जुनसुकै बेला पहिरो खस्ने समस्या छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० चैत्र २०८१, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु
सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
काभ्रेमा बाढी पहिरो : एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति
सुक्खा पहिरो खसेपछि कटारी-घुर्मी सडक अवरुद्ध
सञ्चालनमा आयो पहिरोले अवरुद्ध सडक
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुग्यो, कुन प्रदेशमा कति ?