रामवीरले छोड्ने र बामदेवले चुनाव लड्ने कुरा समाप्त : प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, २६ असोज २०७५, १४ : ०४
रामवीरले छोड्ने र बामदेवले चुनाव लड्ने कुरा समाप्त : प्रचण्ड

काठमाडौ  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ले रामवीरले छोड्ने र बामदेवले चुनाव लड्ने कुरा समाप्त भएको बताएका छन् । 

शुक्रबार बिहान आलापोटमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले रामवीरले काठमाडौ ७ मा छोड्ने र वामदेव चुनाव लड्ने चर्चा धेरै भएको भन्दै त्यो प्रशंग नै समाप्त भएको बताएका हुन् ।

‘जहाँसम्म यहाँ चर्चा चल्यो रामवीरको राजीनामा, वामदेव चुनाव लड्ने, केके केके यसमा केही टेन्सन तपाईंहरु नलिनुस् । पार्टी छ पार्टीले निर्णय गर्छ । अहिले त्यो लफडातिर हामी लाग्दैनौँ अब,’ प्रचण्डले बताए । 

विकास निर्माण छाडेर यो लफडामा नलाग्ने भन्दै उनले भने, ‘हिजोबाट त बामदेवजीले म लड्दिन भन्नुभयो कुरा सक्कियो ।’ 

प्रतिक्रिया दिनुहोस