‘एलडीसी’लाई दिने सहयोग बढाउन जी–२० राष्ट्रहरूलाई परराष्ट्रमन्त्री राणाको आग्रह

सफल खबर संवाददाता

विहीबार, १० असोज २०८१, ११ : २८
‘एलडीसी’लाई दिने सहयोग बढाउन जी–२० राष्ट्रहरूलाई परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडीसी)का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरूलाई आग्रह गरेकी छिन् । संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी जी‐ २० का विदेशमन्त्रीहरूको बुधबारको बैठकमा उनले अल्पविकसित देशहरूलाई सहयोग गर्न आग्रह गरेकी हुन् ।

पछिल्लो समय विश्वका अतिकम विकसित देशहरू विविध समस्याबाट पिरोलिएका दृष्टान्त प्रस्तुत गर्दै मन्त्री राणाले कोभिड- १९ महामारी, जलवायु परिवर्तनको असर, भूराजनैतिक तनावका कारण ती देश पीडित भएका बताएकी उनको निजी सचिवालयले जनाएको छ ।

 

 

 

'पछिल्लो दुई दशकमा अतिकम विकसित देशहरू चरम गरिबीतर्फ धकेलिएका छन् । एलडीसीहरूमा समावेशी आर्थिक वृद्धि, दिगो विकासका लक्ष्य हासिल गर्न तथा स्वास्थ्य सुरक्षालाई विश्वव्यापी रुपमा प्रवर्द्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन, ‘डिजिटल डिभाइड’कम गर्न र हामीले सामना गरिरहेका बहुआयामिक समस्या घटाउन जी‐ २० को सहयोग महत्त्वपूर्ण हुनेछ,'  परराष्ट्रमन्त्रीलाई उद्धृत गर्दै उनको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस