१९ दिनपछि आज स्वदेश फर्किँदै परराष्ट्र मन्त्री राणा

सफल खबर संवाददाता

शुक्रबार, १८ असोज २०८१, १२ : ४२
१९ दिनपछि आज स्वदेश फर्किँदै परराष्ट्र मन्त्री राणा

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् । कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनमा सहभागी राणा आज स्वदेश फर्किन लागेकी हुन् ।

सम्मेलनको ‘साइडलाइन’मा परराष्ट्रमन्त्री डा. राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवं मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । सम्मेलनमा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहरूका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, विदेशमन्त्री तथा मन्त्रीहरूको सहभागिता रहेको छ ।

परराष्ट्रमन्त्री राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरूको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा र कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएर आज दोहाबाट स्वदेश फर्किन लागेकी हुन् ।

उनी भदौ ३१ गते क्यानडा प्रस्थान गरेकी थिइन् । 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस