काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज (बिहीबार) सुस्ता जाँदै छन् । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा– ५ मा निर्माण भएको झोलुङ्गे पुल उद्घाटनका लागि उनी त्यसतर्फ जान लागेका हुन् ।
राष्ट्रपति पौडेल दिउँसो २ बजे सुस्तामा पुल उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । निर्माण सम्झौता भएको झन्डै दश वर्षपछि झोलुङ्गे पुल बनेको हो ।
पुल निर्माण भएसँगै आफ्नै वडा कार्यालयमा जान पनि भारतको बाटो भएर जानुपर्ने सुस्ताबासीको बाध्यता हटेको छ । नारायणी नदीमा निर्माण भएको एक हजार पाँच सय ५८ मिटर लामो पुल नेपालकै लामो पुल मानिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असोज २०८१, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलद्वारा ५ वटा ऐन प्रमाणीकरण
जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति पौडेल
आम नागरिकका स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक : राष्ट्रपति पौडेल
सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा दीप प्रज्वलन गरि सोनाम ल्होसारको शुभारम्भ
राष्ट्रपति पौडेल अस्पताल भर्ना