काठमाडौ । वर्षाका कारण गएराति पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ।
कालिकोटको शुभकालिका गाउँपालिका गगने खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार सो राजमार्गमा आज (बिहीबार) बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन्।
प्रहरीका अनुसार कर्णाली राजमार्गको कालिकोट सडकखण्डको विभित्र ठाउँमा पहिरा खसेका छन्।
सडक डिभिजन कार्यालय जुम्लाले पहिरो हटाउन स्काभेटर पठाइसकिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असोज २०८१, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन
म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु
सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
काभ्रेमा बाढी पहिरो : एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति
सुक्खा पहिरो खसेपछि कटारी-घुर्मी सडक अवरुद्ध
सञ्चालनमा आयो पहिरोले अवरुद्ध सडक