चीनले गर्‍यो दशकौंपछि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

सफल खबर संवाददाता

बुधबार, ०९ असोज २०८१, १३ : २६
चीनले गर्‍यो दशकौंपछि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौं। चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । बीबीसीका अनुसार चीनले यसलाई नियमित परीक्षण भनेको छ । चीनले यो आफ्नो सेनाको नियमित र वार्षिक तालिमको हिस्सा भएको बताएको छ ।

तर विश्लेषकहरूले भने चीनको भनाइलाई अचम्म मानेका छन् । किनभने चीनले अन्तिम पटक सन् १९८० को दशकमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको थियो ।चीनको सरकारी मिडियाले यस क्षेप्यास्त्र प्रक्षेपणको बारेमा वरपरका देशहरूलाई पहिल्यै जानकारी गराएको बताएको छ।

 

 

 

अमेरिकी रक्षा विश्लेषक जोन रिजले अमेरिकाको अगाडि आफ्नो शक्ति देखाउन चीनले यो प्रक्षेपण गरेको हुनसक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस